Techie IT
बिहीबार, वैशाख २५,२०८२

पूर्वी नवलपरासीमा दुई जना मृत फेला


कावासोती । पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

यस्तै गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पूर्वी नवलपरासीमा दुई जना मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:17 am6:42 pm +0545