भरतपुर ११ बाट ठूलो मात्रामा पटकासहित एक जना पक्राउ
चितवनमा प्रहरीले ठूलाे परिमाणमा पटका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले भरतपुर महानगरपालिका ११ बाट ठूलो परिणामको पटका सहित साजन कुमाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका कुमालको घर, कोठामा प्रहरीले चेकजाँच गर्दा किङ कोब्रा लेखिएको १०८० प्याकेटमा रहेको पन्ध्र हजार एक सय बीस थान, क्लासिक लेखिएको ५४ प्याकेटमा रहेको पाँच सय चालीस थान, कलरकोटी लेखिएको ११ प्याकेटमा रहेको एक सय दस थान, खानतलासी गर्दा फलावर पोट्स लेखिएको १७ प्याकेटमा रहेको एक सय ५४ थान, पोट्स अशोका लेखिएको २ प्याकेटमा रहेको बीस थान, क्लासिक बम लेखिएको १४ प्याकेटमा रहेको एक सय चालीस थान बरामद गरेको छ ।
त्यस्तै, असत्रा ३० लेखिएको ३ थान, बिग ६० सट लेखिएको एक थान, क्रेजी माइट लेखिएको एक थान, एनएसभी लेखिएको पाँच थान, फ्लास मिक्स लेखिएको ६ थान, दुई राउन्ड लेखिएको ६ प्याकेटमा रहेको पैतिस थान, ग्राउन्ड चक्कर लेखिएको १५ प्याकेटमा रहेको एक सय पचास थान, क्लासिक फ्वाइल्स लेखिएको ४१ प्याकेटमा रहेको चार सय दस थान, टेन ३० सट्स लेखिएको २ थान, ग्यालेक्सी २५ लेखिएको एक थान, कृष्ण ब्रान्ड लेखिएको ३ प्याकेटमा रहेको छत्तीस थान, पेन्टा स्काई लेखिएको ८ प्याकेटमा रहेको असी थान, बुलेट लेखिएको १३ प्याकेटमा रहेको एक सय तीस थान, हाइड्रो ग्रिन लेखिएको ४३ प्याकेटमा रहेको चार सय तीस थान, कलर्ड लेखिएको ८० प्याकेटमा रहेको आठ सय थान, सिलभर रेन लेखिएको १५ प्याकेटमा रहेको एक सय पचास थान, म्याजिक लेखिएको ४ थान, एटम बम्ब लेखिएको २ प्याकेटमा रहेको बीस थान, रकेट बम्ब लेखिएको २ प्याकेटमा रहेको बीस थान, श्री साइस लेखिएको एक थान लगायतका बिष्फोटक पदार्थ पटकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बरामद गरिएको पटकासहित साजन कुमाललाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । आगामी निर्वाचनतर्फ सुरक्षाकर्मी केन्द्रित भइरहँदा भारतबाट पटाउन भित्र्याउने गिरोह सक्रिय भएको प्रहरीको विश्लेषण छ । तिहार, छठका पर्वमा पटकाजन्य विष्फोटक पदार्थको कारोबार एवं प्रयोग धेरै हुन्छ । चाडपर्वका बेला सुरक्षाकर्मीलाई छलेर भित्र्याउने पटकाजन्य विष्फोटक पदार्थको किनबेच, ओसारपसार र प्रयोगमा भने स्थानीय प्रशासनले रोक लगाएको छ। तर, विभिन्न माध्यमबाट भित्राउने गरिन्छ ।
बरामद गरिएको पटका प्रयोगमा ल्याउन नसक्ने गरेर नष्ट गर्ने गरिएको छ। चाडपर्वमा रमाइलो गर्ने नाममा ध्वनी प्रदूषण, आगलागी, भौतिक तथा मानवीय क्षतिको जोखिम हुने भएकाले पटकाको ओसारपसार, कारोबार र प्रयोगलाई निरुत्साहित गर्न व्यापक मात्रामा प्रहरीको सक्रियता बढाइएको चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्