Techie IT
बिहीबार, वैशाख २५,२०८२

मकवानपुरबाट नगदसहित ३३ जुवाडे पक्राउ


हेटौंडा । मकवानपुरमा एकै जुवाखालबाट नगदसहित ३३ जना पक्राउ परेका छन् ।

गएराति जिल्लाको हेटौंडा-११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरको ग्यारेजबाट नगद ७३ हजारसहित ३३ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा प्रहरीले जुवाको खालबाट कौडा १३ थान, तास १३ बुक र नगद ७३ हजार बरामद गरेको प्रवक्ता कार्कीले बताए ।

यसैगरी, सोही जुवाखालमा प्रहरीसँग अभद्र व्यवहार गर्ने एक जना महिला समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #मकवानपुरबाट नगदसहित ३३ जुवाडे पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:17 am6:42 pm +0545