कांग्रेस जिरीका नेता श्याम उप्रेतीद्धारा पार्टी परित्याग गरेको घोषणा
जिरी । नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम उप्रेतीले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई सहयोग गर्ने बताउनु भएको छन् ।
नेकपा एमाले जिरी नगरकमिटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता उप्रेतीले कांग्रेस परित्यागगरी स्वतन्त्र भएको घोषणा समेत गर्नुभयो । गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र नागरिक भएर बस्ने तर आगामी निर्वाचनमाएमाले उम्मेदवारलाई सहयोग गर्ने बताउनु भएको हो ।
उहाँ जिरी क्षेत्रको निकै प्रभावशाली नेता हुनुहुंछ । आफु अब कांग्रेस छाडेर स्वतन्त्रनागरिक भएपनि एमाले उम्मेदवारलाई जिताउन सूर्य चिन्हमा मतदानका लागि सबैलाई आग्रह गर्ने उहाले बताउनु भयो ।
आफ्नो पार्टीको चुनाव चिन्हमा भोट हाल्न पाउने अधिकारबाट गठबन्धनले मतदातालाई बञ्चित गरेको भन्दै उप्रेतीले एमाले प्रवेश गर्नेसंकेत पनि गर्नुभयो । एमालेले आफ्नो व्यवहार र विचारबाट मन जित्न सके आफु एमाले प्रवेश गर्न तयार रहेको उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस जिरीका नेता श्याम उप्रेतीद्धारा पार्टी परित्याग गरेको घोषणा, #श्याम उप्रेती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्