गठबन्धनले जिते नेपाल श्रीलंका बन्छ : महेश बस्नेत
भक्तपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले नेपाललाई श्रीलंका बनाउने कि सिंगापुर बनाउने भन्ने कुरा यसपटकको निर्वाचनले प्रष्ट पार्ने बताउनु भएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं २ का संघीय संसदका उम्मेद्वार बस्नेतले एमालेले जिते देश सिंगापुरको बाटोमा जाने र गठबन्धनले जिते देश श्रीलंकाको बाटोमा जाने बताउनुभयो । ‘नेपाललाई हामी श्रीलंका बनाउने कि सिंगापुर’ बस्नेतले कार्यकर्ता माझ भन्नुभयो ‘त्यस कारण हामीले सुझबुझ प्रयोग गरौं । एमालेलाई मत दिएर देशलाई सिंगापुरको बाटोमा हिडाऔं ।’
बस्नेतले निर्वाचनका लागि एमालेले चारवटा रणनीति अपनाउनु पर्ने बताउनुभएको छ । कार्यकर्ताहरुलाई निर्देशन दिंदै उहाँले पहिलो चरणमा प्रत्येक मतदाताको घरघरमा एमाले कार्यकर्ता पुग्नुपर्ने बताउनुभयो । दोस्रो चरणमा टोलटोलमा भेलाको आयोजना गर्नुपर्ने उहाँको धारणा छ । ‘यस्तो बेलामा उम्मेद्वार सकेसम्म पुग्ने पुग्न नसके स्थानीय नेताले उम्मेद्वारको प्रतिनिधीको रुपमा पार्टीका धारणा राख्नुपर्दछ ’ बस्नेतले भन्नुभयो ।
तेस्रो चरणमा उम्मेद्वार सहितको घरदैलो कार्यक्रम र चौथो चरणमा आक्रमक रुपमा विपक्षीको भण्डाफोर गर्नुपर्ने बस्नेतले बताउनुभयो । यस चरणमा पार्टी र उम्मेद्वारलाई लागेका आरोपको खण्डन र विपक्षी उम्मेद्वारको भण्डाफोर गर्न बस्नेतले कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गठबन्धनले जिते नेपाल श्रीलंका बन्छ : महेश बस्नेत, #नेकपा एमाले, #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्