Techie IT
बुधबार, वैशाख १६,२०८३

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


बर्दिया। बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताउनुभयो ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा पर्नुभएको थियो । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्