कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आयोगले सोध्यो स्पष्टीकरण

झापा । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग स्पष्टीकरण सोधेको छ।
झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मालाई आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो।
महामन्त्रीलाई आचारसंहिता उल्लंघनमा कारबाही नगर्नुको कारण २४ घण्टाभित्र निर्वाचन आयोग वा आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा पेस गर्न भनेको आयोग स्रोतले जनाएको छ।
स्रोतका अनुसार शर्माले आगलागीपीडित केबल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला हस्तान्तरण गर्दै गरेको फोटो सामाजिक सञ्जालमा देखिएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आयोगले सोध्यो स्पष्टीकरण, #विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्