एमालेको सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार: पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । नेकपा एमाले उपमहासचिव तथा लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले चुनावपछि एमाले सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार बनाउने आश्वासन दिएका छन्
शुक्रबार बेंसीशहर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको काम गर्न एमालेलाई एकल बहुमत दिन आग्रह गरे ।
उनले भने, ‘जनताको काम गर्न एकल बहुमत चाहिनेरहेछ । हाम्रो सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार पुर्याउँछौं । त्यो वेलामा सम्झिनुहोला एमाले र केपी ओलीलाई । सूर्य चिन्हमा भोट हालेकै कारणले वृद्धभत्ता ५ हजार पायौं भनेर सम्झिनुहुनेछ ।’
ओली नेतृत्वको सरकारले नै यसअघि वृद्धभत्ता बढाएर ४ हजार बनाएको उनले दाबी गरे । उनले भने, ‘हामीले नै ४ हजार बनाएका हौं । हुन त सरकारको ढुकुटीबाट आउने हो । तर, त्यसलाई राज्यले जनताको समस्या बुझ्नुपर्छ । अल्पसंख्यक, दलितहरुलाई पनि एमालेले भत्ताको व्यवस्था गरेको छ ।’
एमालेले जिल्ला–जिल्लामा विकासको लहर ल्याएको दाबी गर्दैै गुरुङले भने, ‘देश र जनताको हितमा हामीले काम गरेका छौं । त्यसैले जनताले गठबन्धनका उम्मेदवार जिताउने कि एमालेका भन्ने तपाईंहरुको हातमा छ । कांग्रेस र गठबन्धनले जनताको पक्षमा कुनै काम गरेको छैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #एमाले सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार: पृथ्वीसुब्बा गुरुङ, #पृथ्वीसुब्बा गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्