सुशासन र आर्थिक विकासका लागि एमालेको सरकार आवस्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाण्डौ । नेकपा एमाालको वरिष्ठ उपाध्यक्ष तथा काठमाण्डौ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले बलियो र स्थीर सरकार निर्माणका लागि एमालेका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् ।
कमजोर पार्टीले पनि सरकार बनाउन रहर गरेकोप्रति उनले कटाक्ष गरे । “२० वटा सिट ल्याउनेले सरकार बनाउने दाबी गर्छ । त्यसले बनाएर गर्छ के ? एक तिहाई सिट पनि नजित्नेले सरकार बनाउने फुर्ति गर्छन् । यो पत्याउने कुरा हो ?” पोखरेलले प्रश्न गरे ।
राष्ट्रिय हितको रक्षा, सुशासन र आर्थिक विकासका लागि एमालेको सरकारको विकल्प नभएको उनको दाबी छ । एमालेको विचार नै देशका लागि आवश्यक रहेकाले सूर्य चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका अधिकांश नेताहरु लक्ष्य र योजनाविहिन भएको पोखरेलको टिप्पणी छ ।
पोखरेलले निर्वाचित भएपछि दुई वटा कामलाई प्राथमिकता दिने बताएका छन् ।
पोखरेलले नीति, योजना र बजेट निर्माणलाई पहिलो काम भनेका छन् भने आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणलाई दोस्रो कामको रुपमा स्पष्ट पारेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्