चितवनबाट दुई लाख ५६ हजार नौ सय नन्बे रुपैयाँँसहित १४ जुवाडे पक्राउ
चितवनको छुट्टाछुट्टै स्थानबाट प्रहरीले नगद दुई लाख ५६ हजार नौ सय नन्बे रुपैयाँँ सहित १४ जुवाडेलाइ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) बिहान दुई बजेको समयमा भरतपुर महानगरपालिका २२ पटिहानीमा दुधना महत्तोको घरमा जुवा खेलाइरहेको अवस्थामा भरतपुर महानगरपालिका ६ बस्ने ५७ बर्षीया ढोलनाथ अधिकारी, भरतपुर महानगरपालिका ११ बस्ने २९ बर्षीया प्रदिप भण्डारी, ४९ बर्षीया बिमल गुरुङ, ३० बर्षीया अशोक प्रजापतीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद एक लाख सत्र हजार रुपैयाँसहित १६ थान कौडा समेत प्रहरीले बरामद गरेको छ ।
त्यस्तै, चितवन प्रहरीकै टोलीले हिजो (बिहीबार) बेलुकी ६ बजेको समयमा भरतपुर महानगरपालिका १६ सानोगढीस्थित राममाया घर्तीको जग्गामा युवराज गुरुङले सन्चालन गरेको मीत बा खाजा घर एण्ड कटेजमा लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा एक लाख उनन्चालीस हजार नब्बे रुपैयाँ सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका १६ बस्ने बर्ष ५० कृष्ण बहादुर खत्री, सोही ठाउँ बस्ने ४३ बर्षीया गिरेन्द्र राज हमाल, बर्ष ३९ को बेद नारायण श्रेष्ठ, बर्ष ५० को सुरेस थापा, बर्ष ६४ को दिपक थापा, बर्ष ३० को गोपाल गुरुङ, बर्ष ४५ को दल बहादुर रोक्का, बर्ष ५१ को युवराज गुरुङ, भरतपुर महानगरपालिका ३ बस्ने बर्ष ६४ को गणेश पौडेल र भरतपुर महानगरपालिका १५ बस्ने बर्ष ५३ को खेम के.सी रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ४ बुक तास समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका १४ जना विरुद्ध नै प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्