भरतपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
चितवन प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (मंगलबार) दिउँसो १२ बजेको समयमा वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरीको बिशेष टोलीले भरतपुर महानगरपालिका वडा नंम्बर १ बाट भारत देश मोतिहारी जिल्ला अरेराज, पुर्वी चम्पारण बस्ने २५ बर्षीया सुमित कुमार प्रसाद र सर्लाही घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर १ मा डेरा गरी बस्ने १९ बर्षीया समिर हुसेनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको घरकोठामा चेकजाँच गर्ने क्रममा लागुऔषध डाईजेपाम २७० एम्पुल, फेनार्गन २७० एम्पुल र नुर्फिन २७० एम्पुल गरी जम्मा ८१० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरुविरुद्ध लागूऔषध कसुर ऐन अन्तर्गत थप अनुसन्धान गरिरहेको उपरीक्षक अधिकारीले जानकारी दिए ।

पाँच दिन अघि मात्रै पनि चितवन प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको थियो । तीन भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । उनीहरुको साथबाट प्रहरीले तीन हजार एम्पुल लागुऔषध सहित भारतीय कार समेत नियन्त्रणमा लिएको थियो । चितवन प्रहरीको सक्रियता बढेसंगै जिल्लामा लागूऔषध सहित गिरोहहरु समेत धमाधम पक्राउ पर्न गएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्