रामपुर नगरपालिका भित्रका फुटपाथ हटाइने
पाल्पा । पाल्पाको रामपुर नगरपालिका भित्रका फुटपाथ हटाइने भएको छ ।
बजारमा भिडभाडलाई मध्यनजर गर्दै बजार व्यवस्थापनमा सघाउन प्रहरीले अनुरोध गरेको छ ।
बजारका साँघुरा सडक गल्ली ओगटेर सामान राख्नाले बजार गर्न पैदल हिँड्नुपर्ने अवस्थामा दुर्घटनाको जोखिम समेत भएकोले गाडीमा माइकिङसहित प्रहरीले व्यापारी, व्यवसायीमा अनुरोध गरेको हो ।
पसल बाहिर सडक पेटी ओगटेर सामान बिक्री गर्दा बजार र अस्तव्यस्त देखिने र दर्जनौँ गाडी आउने जाने, यात्रु चढाउने झार्ने हुँदा जोखिम बढेको भन्दै माइकिङ गर्दै पसलमा पुगेर व्यवसायीसँग अनुरोध गरिएको प्रहरीले जनाएको छ ।
रामपुरको मुख्य बेझाड बजारका प्रायः सबै गल्ली चोकमा पुगेर बाहिर राखिएका सामान हटाउन सचेत गराइएको र नहटाए कानुनी प्रक्रियाबाट हटाइने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताउनुभयो ।
यात्रु र पैदल यात्रीलाई नै सहज गराउन सचेतना फैलाइएको उहाँले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय रामपुरले सडक मिचेर राखिएका सामग्री तत्काल हटाउन सूचना जारी समेत गरेको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रहरीको अभियानलाई साथ दिने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #रामपुर नगरपालिका, #रामपुर नगरपालिका भित्रका फुटपाथ हटाइने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्