एमालेसँग सद्भाव र आत्मीयता छः कमल थापा
हेटौंडा । नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग सद्भाव र आत्मियता रहेको बताएका छन् ।
सोमाबार हेटौंडा-५ र ६ मा भएको कार्यक्रममा बोल्दै थापाले एमालेको तर्फबाट सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको बताए ।
उनले एमालेसँगको सहकार्य चुनाव जित्ने मात्र नभइ देशको आवश्यकताका कारण भएको स्पष्ट पारे । थापाले बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाँचो रहेको औल्याए ।
थापाले देशभित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको र राष्ट्रवादी शक्ति कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए ।
नेपालको चुच्चे नक्सा जारी भएसँगै एमाले लगायतका राष्ट्रवादी शक्ति माथी प्रहार हुन थालेको उनले बताए । सत्ता गठबन्धन राष्ट्रवादी शक्ति कमजोर पार्नको लागि मात्र बनेकोले यसले जनता र देशको हित नगर्ने थापाको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कमल थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्