भक्तपुरले सिहंदबारको नेतृत्व गर्छ : महेश बस्नेत
भक्तपुर । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् युवा नेता महेश बस्नेतले अब भक्तपुरले सिंहदरबारको नेतृत्व गर्ने बताएका छन् ।
प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारसँग सञ्चारकर्मी’ विषयक कार्यक्रममा नेता बस्नेतले भक्तपुरमा एमालेले विकासको लहर सृजना गरेकाले लोकप्रिय रहेको बताउँदै अब भक्तपुरले नै सिंहदरबारको नेतृत्व गर्ने बताएका हुन् ।
‘हामी सबै जना भक्तपुरलाई नमूना जिल्ला बनाउन लागेका छौं,’ एमालेका उम्मेदवार बस्नेतले भने, ‘अब भक्तपुरले नै सिंहदरबारको नेतृत्व गर्ने समय आएको छ ।’ विगतको निर्वाचनबाट नै भक्तपुरमा एमाले जनतामाझ परिचित पार्टी भइसकेको बताउँदै उनले अगाडि भने, ‘हामी यो निर्वाचनमा तेब्बर मत ल्यार जित्दै छौँ ।’
राष्ट्र र राष्ट्रियताको हितमा लाग्ने पार्टी एमाले भएकाले पनि जनताले माया र विश्वास गर्ने अपेक्षा बस्नेतको थियो । पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले आफूलाई हराउनकै लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भक्तपुरका सडक योजनाहरूको बजेट काटेको आरोप पनि लगाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्