गोरखाको अश्राङमा २ छोरा सहित बाबु झुण्डिएको अवस्थामा फेला
गोरखाको भिमसेन थापा गाउँपालिका ६ अश्राङमा मोहरियमा दुई छोरा सहित बाबु झुण्डिएको अवस्थामा फेला परेका छन् ।
७ वर्षका दुई जुम्ल्याहा छोरा शिशिर र बसन्त सहित ३४ वर्षिय हेमबहादुर राना झुण्डिएको अवस्थामा शनिवार बिहान भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
घर भन्दा करिब डेढ किलोमिटर पर काप्रोको रुखमा शव भेटिएको हो । ‘काप्रोको रुखको एउटै हाँगोमा दुई छोरा र बाबुको शव भेटिएको छ’ एसपी खनालले भने ‘छोराहरुको शव एउटै डोरी र बाबुको सलको पासो लगाएको अवस्थामा भेटिएको छ ।’ शव पोष्र्टमाटमकालागि गोरखा अस्पताल ल्याइएको छ ।
शनिवार बिहान दुई छोरा सहित हेमबहादुर घरबाट निस्किएका थिए । हेमबहादुर रोजगारीकालागि भारत थिए ।
केही समयअघि उनी घर फर्किएको र श्रीमती सँग सम्बन्ध बिच्छेद भएको थियो । श्रीमान श्रीमती बिच घरायशि बिवाद बढेपछि जिल्ला प्रहरी कार्यालयमा दुबैलाई मिलाउन छलफल समेत भएको प्रहरीले जनाएको छ ।
अन्ततः उनीहरु सम्बन्ध बिच्छेदको अवस्थामा पुगेका थिए । पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्