तारकेश्वरमा एकीकृत समाजवादी र एमाले बीच पार्टी समायोजन
काठमाडौं । तारकेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा एमाले बीच पार्टी समायोजन भएको छ । एकीकृत समाजवादीका नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य लब कुमार बस्नेत , केन्द्रिय परिषद सदस्य तथा पूर्व वडा अध्यक्ष मधु कार्की , रबिन्द्र के.सी , पूर्व गा.बि.स अध्यक्ष तथा एकिृत समाजवादीका बागमती प्रदेश सदस्य उद्धव तिमिल्सिना , जिल्ला कमिटी सदस्य कोमल प्रसाद भट्ट , तानपा ६ का वडा कमिटी अध्यक्ष रिशी घिमिरे , ता न पा वडा नं २ का वडा कमिटि अध्यक्ष अर्जुन भण्डारी सहित ४० जना भन्दा बढी एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता सहित एमाले र समाजवादी बिच पार्टी समायोजन भएको छ ।
शेषमतीमा अवस्थीत दियालो फुड ल्याण्डमा आयोजित भब्य समारोहका बिच एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , केन्द्रिय प्रचार बिभाग सचिव गगन बिष्ट , जिल्ला अध्यक्ष दिपक निरौलाको उपस्थीतीमा एमाले र समाजवादी बिच पार्टी समायोजन भएको हो ।
सोही अवसरमा एकीकृत समाजवादीका नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य लब कुमार बस्नेतले अब मुल घर एमालेमै समायोजन हुने बताउदै काठमाडौं क्षेत्र नं ६ लाई एमालेमय बनाउन आफ्नो योग्दान हुने बताउनु भयो । माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट विद्रोह गरेर गएको भनिएका सबै साथीहरु एमालेमै फर्किनु भएको छ। माधव नेपालले कांग्रेसको बुँई चढेर कम्युनिष्ठ आन्दोलनलाई कमजोर बनाउदैं हजारौं कार्यकर्ताहरुलाई राजनैतिक बिचलन बनाएको बताउनुभयो ।

यस्तै, समाजवादीका बागमती प्रदेश सदस्य उद्धव तिमिल्सिना र केन्द्रिय परिषद सदस्य तथा पूर्व वडा अध्यक्ष मधु कार्कीले माधव नेपाललाई साथ दिएर आत्मग्लानि भएको बताउदै अव एमालेका केही नेताहरुको बिगतका अहमता र गल्ती सँच्याउदै गर्बीलो संगठन बनाउन जोड दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी समायोजन मार्फत कम्युनिष्ट आन्दोलनमा समाजवादी तर्फका नेता तथा कार्यकर्ताहरुको पवित्र भावनाको सम्मान गर्नुहुदै , आगामी दिनमा कार्यकुशलला , क्षमता र पार्टी प्रतिको भूमिकाको आधारमा बिभिन्न तह र तप्कामा सम्मान जनक समायोजन हुने बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । उहाँले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताउनुभयो । उहाँले एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गर्नुभयो ।
हाँले अब पार्टी सुदृढ भएर अघि बढ्ने बताउनुभयो । उहाँले कसैको नातागोताको आधारमा कम्युनिष्ट पार्टी अघि नबढ्ने उहाँले प्रष्ट पार्नुभयो । ‘जनताले पत्याएका व्यक्ति मात्र कम्युनिष्ट पार्टीका नेता बन्न सक्छन, हाम्रो पार्टीको नेता बन्न सक्छन्, अरु बन्न सक्दैनन्’, उहाँले भन्नुभयो ।
एमालेमा विचारमा एकरुपता हुनुपर्यो भन्ने सुझावलाई पार्टीले ग्रहण गरेको बताउनुभयो । ‘विचारमा एक रुपता भएन भने पार्टी हुँदैन, त्यो स्वार्थी समूहको झुण्ड हुन्छ’, उहाँले भन्नुभयो ।
२०७९ बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचन अघि पार्टी समायोजनका लागी पटक पटक बार्ता र संवाद भएपनि एकता हुन सकेको थिएन तर पछिल्लो समय दुबैपक्षका केही नेताहरुको अगुवाई तथा एमाले उच्च स्तरको दवाका कारण तारकेश्वरमा समाजवादी र नेकपा एमाले बीच पार्टी समायोजनको संम्भव भएको हो ।
बिषेश गरि पर्यटन ब्यवसायी तथा एमाले पर्यटन बिभागका केन्द्रीय सदस्य बिष्णुकार्की , पर्यटन बिभागका संयोजक सि.एन पाण्डे , भुवन पाण्डे , एमाले नेता योगेन्द्र संग्रौला , रामेश्वर बोहरा , बिश्वनाथ लामीछाने , बासु गौतम सहित जिल्ला अध्यक्ष दिपक निरौला अगुवाई तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पहलमा पार्टी समायोजनको संम्भव भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एकीकृत समाजवादी र एमाले बीच पार्टी समायोज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्