बेलचोकबाट नगद २ लाख २० हजार रुपैयाँ सहित ९ जना पक्राउ
चितवनमा जुवातास खेल्ने नौ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित अनिल गुप्ताको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।
केही व्यक्तिहरुले खाल थापी पैसाको बाजी राखी हारजित हुने गरी तास नामक जुवा खेलीरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक दिपक के.सि. र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गोपाल पौडेलको संयुक्त कमाण्डमा खटिएको प्रहरी टोलीले असोज २० गते दिउँसो ४ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले जुवा खेल्न प्रयोग गरेको तास १० बुक, बिछ्याईएको सेतो रंगको तन्ना १ थान र दुई लाख वाईस हजार पाँच रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरु विरुद्ध चितवन प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा मुद्दामा थप अनुसन्धान गरिरहेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्