धादिङको हनुमानडाँडा नजिकै दुर्घटना एकको मृत्युु सात जना घाइते
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन ।
सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना, #धादिङको हनुमानडाँडा नजिकै दुर्घटना एकको मृत्युु सात जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्