सल्यान जिप दुर्घटना १७ जना घाइते
सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा न ७ जिमालीमा भएको जिप दुर्घटनामा परी घाइते भएकाहरूको परिचान खुलेको छ । दुर्घटनामा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते हुनेमा जिप चालक सल्यान कुमाख गाउँपालिका ३ चिनालीका अन्दाजी २३ वर्षीय अर्जुन मगर, वडा न ७ का १५ वर्षीय तिलक गोसाईं, ४९ वर्षीय गंग बहादुर पुन, २३ वर्षीया अनिता पुन, उहाँको ६ वर्षीय छोरा जीवन पुन, २० वर्षीया झुपा पुन, ३६ वर्षीया शुसिला पुन रहेका छन् ।
यस्तै कुमाख गाउँपालिका ३ चिनालीका ४१ वर्षीय दन्नी ओली, राम्रीकी १९ वर्षीया रुपा रावत, २० वर्षीय लोकेन्द्र ओली, वडा न ७ डुमकोटका २ वर्षीय सन्देश पुन, हेमराज पुन,१५ वर्षीय भरत पुन, ३६ वर्षीया भूमि पुन, अन्दाजी २३ वर्षीया सुनिता बोहरा पुन मगर , उहाँको ६ महिनाको छोरी र जिमाली ७ बस्नेत १३ वर्षीया प्रतिभा पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
घाइते १६ जनाको बागचौर स्थित जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर घाइते सुनिताको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
शनिबार बिहान साढे ८ बजे कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सल्यान जिमाली जिप दुर्घटना १७ जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्