बझाङका भाइरल सचिवमाथि छानबिन हुने, जिल्ला अदालतमा मुद्दा !

धनगढी । सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनेको छ। फोटोमा कार्यालय समयमा कुर्सीमा आसिन वडा सचिव चुरोटको आनन्द लिइरहेका छन्। कार्यालयका सबै फाइलहरु, प्रिन्टर र कम्युटरमा केही लेख्दै गरेको दृश्य फोटोमा अगाडिपट्टि देखिन्छ। अझ उक्त कार्यालयमा सेवाग्राहीहरु पनि छन्। जसले उक्त फोटो खिचेका थिए।
यो घटना बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ को हो। जयपृथ्वी नगरपालिका वडा नं १ सदरमुकाम चैनपुरदेखि १४ किलोमिटर उत्तरपूर्वमा पर्छ। गाउँमा वडाको सुविधा सम्पन्न वडा कार्यालय पनि छ। तर, कर्मचारी र जनप्रतिनिधिहरु आफ्नो सहजताका लागि चैनपुरमा नै सम्पर्क कार्यालय बनाएर बसिरहेका छन्।बैठक तथा भेलाको समयमा बाहेक अधिकांश समयमा यस वडाका जनप्रतिनिधि र कर्मचारीहरु चैनपुरमा नै बसेर काम गर्ने गरेको कैलाशका स्थानीयहरुको भनाइ छ। सदरमुकाम चैनपुरमा भएको सम्पर्क वडा कार्यालय वडा सचिव अजयबहादुर सिंहको घरमा राखिएको छ। सचिव सिंहको घरको एउटा कोठालाई सम्पर्क वडा कार्यालय बनाइएको छ। जहाँ सचिव सिंहले चुरोट उडाउँदै थिए। सिंहले कार्यालय समयमा नै चुरोट पिएको तस्वीर सार्वजनिक भएपछि उनी गल्तीको आत्मालोचना गर्नुको साटो आक्रोशमा उत्रिएका छन्।उनको चुरोट तानेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै उनले आफ्नै गाउँमा एकजना युवालाई तथानाम गालीसमेत गरेका छन्। ‘म नेपाल सरकारको जागिरे मान्छे हो’ भन्दै उनले अपाच्य शब्दको प्रयोग गर्दै गाली गरेका छन्।त्यतिमात्रै होइन उनी वडा कार्यालयको सचिव भएको र चुरोट खाँदै गरेको फोटो खिच्ने व्यक्तिलाई समेत अपाच्य शब्द प्रयोग गर्दै गाली गर्नसमेत भ्याएका छन्। उनले साँझ सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने व्यक्तिलाई गाली दिएपछि उनले उक्त भिडियो पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन्। वडा सचिव तिनै व्यक्ति हुन्, जसमाथि कीर्ते नागरिकता बनाउन सिफारिस गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।
त्यसैगरी सरकारी सम्पत्तिको दुरुपयोग, मालिका हाते कागजमा ब्रह्मलुट मच्चाएकोलगायतका आरोप सिंहमाथि यसअघि लाग्दै आएका थिए। सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार धूमपान नगर्ने सर्तको लिखित कागज गराई सार्वजनिक गर्ने, सार्वजनिक स्थलबाट बाहिर पठाउने वा रु १०० जरिमाना गर्ने वा दुवै सजाय हुने व्यवस्था रहेको छ। सरकारी वा सार्वजनिक जवाफदेहीको पदमा आसीन व्यक्ति, कर्मचारी भएमा निजको हकमा सचेत गराउने वा विभागीय सजायसमेत हुनसक्ने ऐनमा व्यवस्था छ।
यता जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज वजालले भने सरकारी सेवामा आसिन भएको व्यक्तिले धूमपान तथा मद्यपान सेवन गर्नु गलत भएको बताएका छन्। उनले यस विषयमा आफूले छानबिन गर्ने जनाएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जिल्ला अदालतमा मुद्दा !, #बझाङका भाइरल सचिवमाथि छानबिन हुने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्