किन लाग्यो गठबन्धन दलका नेता–कार्यकर्ताको एमालेमा ओइरो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् ।
बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेको समेत बताएका छन् ।
उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूर्ण हुने धारणा व्यक्त गरेका छन् । अध्यक्ष ओलीले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न एमालेबाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्नेमा जोड दिएका छन् ।
उनले देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने, भष्टचार नियन्त्रण गरेर शुसासन कायम गर्ने र राष्ट्रियतालाई सुदृढ गर्नेलगायत प्रयासमा एमाले लागिरहेको बताए ।
कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी, लोसपा लगायत दलका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्