“हिमालबाट विश्वमा उदाएकी हिलारी नेल्सन हिमालमै अस्थाइन”
काठमाण्डौं । हिलारी नेल्सन स्की माउन्टेनर हुन् । उनको नेपालसँग पुरानो नाता छ । मनास्लु हिमालको हिमपहिरोमा ज्यान गुमाएकी चर्चित आरोही हिलारी नेल्सनले आफ्ना ठूला ठूला उपलब्धि पनि नेपाली हिमालबाटै प्राप्त गरेकी हुन ।
सन् २०१२ मा उनले २४ घण्टाभित्र ८ हजार मिटर भन्दा अग्ला दुई हिमाल सगरमाथा र लोत्से हिमाल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन । २४ घण्टामा यी दुई हिमाल चढ्ने पहिलो महिलाको कीर्तिमानले नेपालको पर्वतीय पर्यटनलाई माथि उठाउन ठूलो टेपा पुर्याएको थियो ।
नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ । नेशनल जियोग्राफिकका अनुसार उनी ८ हजार मिटर भन्दा अग्ला हिमालमा स्कि गर्ने एक मात्र महिला हुन् ।
सन् २००५ मा हिलारीले अक्सिजनको सहायताबिनै चोयु हिमालमा स्की गरेकी थिइन् । ८ हजार १८८ मिटर अग्लो चोयु विश्वकै छैंठो अग्लो हिमाल हो । त्यसपछि उनको चर्चा विश्वमा निकै भएको थियो ।
उनी मात्र होइन उनका पार्टनर जिम मोरिसन पनि आरोहणमा सक्रिय छन् । सन् २०१८ मा हिलारी र उनका श्रीमान जिमले ८ हजार ५१६ मिटर अग्लो लोत्से हिमालको टुप्पोबाट स्की गरेर फेदसम्म पुगेका थिए । लोत्से हिमालको टुप्पोबाट फेदसम्म स्की गरेर पुग्ने नेल्सन र मोरिसन पहिलो जोडी हुन् ।
अमेरिकाको सिएटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जिओग्राफीले साहसी खेलाडीको सूचीमा राखेको नाम हो हिलारी ।
स्की खेलेरै विश्वभरि चर्चा कमाएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारीसन् १९७२ डिसेम्बर १३ जन्मेकी हुन । हिलारीका दुई छोरा छन् ।
मनास्लुमा स्की गर्दै आधार शिविरमा फर्कने क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएकी हिलारीका दुबै छोरा पार्टनर जिम मोरिसन पनि मनास्लुको स्की खेलमासँगै थिए ।
मकालु हिमालमा स्की गर्ने उनी पहिलो महिला हुन् । ८ हजार ४८१ मिटर अग्लो मकालु पाचौं अग्लो हिमाल हो । पार्टनर जिमसँग मिलेर उनले भारतको पप्सुरा हिमालमा स्की गरेरै चढ्ने र ओर्लिने रेकर्ड राखेकी थिइन् ।
सन् २०१८ मै नेशनल जिओग्राफिकले उनलाई एडभेन्चरर अफ दि इयर घोषणा गरेपछि उनको चर्चा विश्वभर चुलिएको थियो । मेन्स जर्नलले उनलाई २५ वर्षको अवधिकै सबैभन्दा साहसी महिलाको दर्जा प्रदान गरेको थियो ।
मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी हिलारी नेल्सनको शव आज बिहान फेला परेको थियो । ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भीमथाङ क्षेत्रबाट हराएकी थिइन् । उनको शव शेर्पाहरुको टोलीले फेला परेको थियो । उनको शव आजै काठमाण्डौं ल्याईएको हो ।
छोराहरुसँगै मनास्लु हिमालमा इतिहास रच्न आएकी नेल्सनलाई हिमाललेनै कहिल्यै नदेख्ने गरी लुकायो । हिमालमा खेलेर विश्वमा उदाएकी हिलारी अन्ततः हिमालमै अस्ताउन पुगिन ।
क्याटेगोरी : समाचार
ट्याग : #“हिमालबाट विश्वमा उदाएकी हिलारी नेल्सन हिमालमै अस्थाइन”b, #हिलारी नेल्सन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्