Techie IT
बिहीबार, वैशाख २५,२०८२

बाल यौन दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ


मोरङ । ७ वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेल रहेका छन् । मादक पदार्थ सेवन गरेका बिशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बाल यौन दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545