रेमिटेन्स नआए राज्य चल्दैन् : राज्यमन्त्री उमेश श्रेष्ठ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले रेमिटेन्स नआउने हो भने राज्य चलाउनै मुस्किल पर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानको चौंथो वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले नेपाल आर्थिक हिसावले निकै नै पछाडी परेकाले देश चलाउन रिमिटेन्सको भर पर्नु परेको बताए ।
‘अहिले सरसरती हेर्ने हो भने हाम्रो यस्तो दयनीय अवस्था छ ,आर्थिक अवस्था हेर्ने हो भने बाहिरबाट रेमिटेन्स आएन भने राज्य चलाउन गाह्रो छ ।’
संसार भर द्धन्दपछि विकासको मोडल आर्थिक क्र्रान्ति लिएर अघि बढेको पाईन्छ तर हाम्रो मुलुकमा त्यस्तो हुन नसकेको उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले धेरै कुराहरु संघिय संरचना अनुरुप विकासको लागि जे गर्नु पर्ने हो,जति ऐन कानुन नीतिहरु परिवर्तन गर्नुपर्ने हो, त्यो नभएको दाबी गरेका छन् ।
‘संसारभर हेर्ने हो भने बिकासको मोडल द्धन्दपछि आर्थिक क्र्रान्ति लिएर अघि बढेको देखिन्छ । तर अझैपनि सरकारले धेरै कुराहरु संघिय संरचना अनुरुप हाम्रो विकास जे गर्नु पर्ने हो जति ऐन कानुन नीतिहरु परिवर्तन गर्नुपर्ने हो त्यो हामीले गर्न सकेको छैन् जस्तो लाग्छ । यसलाई अब आउने निर्वाचित सकारले भोलीको दिनमा त्यसलाई परिवर्तन गरेर अगाडी बढ्नुपर्छ ।’
अब बन्ने निर्वाचित सकारले भोलीका दिनलाई ध्यानमा राखेर त्यस अनुसारको नीति नियम बनाउँदै कार्यन्वयन गर्ने हो भने राज्यको विकास हुनबाट कसैले रोक्न नसक्ने बताए ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #उमेश श्रेष्ठ, #रेमिटेन्स नआए राज्य चल्दैन् : राज्यमन्त्री उमेश श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्