प्रचण्डको निर्णयबिरुद्ध धनकुटामा बिद्रोह, पोलिटब्यूरो सदस्यसहित सवै नेता–कार्यकर्ताले दिए राजीनामा
धनकुटा, असोज ९ । गठबन्धनको निर्णयलाई चुनौती दिँदै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित धनकुटाका सवै नेता–कार्यकर्ताले बिद्रोह गरेका छन ।
आफू र आफ्ना नातेदारलाई चुनाव जित्ताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनकुटा पूर्वपञ्च सूर्यबहादुर थापाका छोरा सुनिल थापाका लागि छाडने सहमति गरेपछि धनकुटा माओवादीले बिद्रोह गरेको हो । प्रचण्डको निर्णयलाई चुनौती दिई गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिई स्वतन्त्र उम्मेदवारको पक्षमा लाग्ने घोषणा गरेका छन ।
माओवादीले धनकुटाको प्रतिनिधिसभा सीट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिनुभएको हो । जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जनाउनु भएको छ ।
बैठकले जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले हेमराज भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । गठबन्धनबाट धनकुटाको सीट नेपाली कांग्रेसले लिने लगभग निश्चित छ । यसअघि राप्रपाबाट चुनाव लडेर एमालेका राजेन्द्र राईसँग पराजित सुनिल थापा यसबीचमा कांग्रेसका शीर्ष नेतृत्वमा हुनुहुन्छ । उहाँका लागि कांग्रेसले धनकुटा लिएको छ भने माओवादीले थापालाई भोट नहाल्ने भन्दै पार्टीमै रहेर गठबन्धनमा घात गर्नुभन्दा स्वतन्त्र अभियानबाट चुनाव लड्ने निर्णय गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रचण्डको निर्णय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन







तपाईको कमेन्ट लेख्नुहोस्