चितवनको भण्डाराबाट तीन सय किलो लागूऔषध गाँजासहित भारतीय ट्रक बरामद
चितवन । चितवन प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित भारतीय ट्रक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (बिहीबार) बिहान पौने चार बजेको समयमा राप्ती नगरपालिका ५ स्थित भण्डारा चोकबाट ३ सय किलो गाँजासहित युपी ७८ बिटी ८५७० नम्बरको भारतीय ट्रक बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सवारी चेकजांँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद गरिएको लागूऔषध गाँजा बोकेको भारतीय ट्रक पुर्वबाट पश्चिम तर्फ जाँदै थियोे । ट्रकबाट गाँजा बरामद गरिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका ट्रक चालकको पनि व्यापकमात्रामा खोजतलास भइरहेको छ । बरामद गरिएको गाँजा अहिले ईलाका प्रहरी कार्यालय भण्डारामा राखिएको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्