इन्डोनेसियामा ४.७ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा फेरि भूकम्पको धक्का महशुस भएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शुक्रबार ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा यो भूकम्प गएको हो ।
भूकम्पका बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीट गर्दै भूकम्पको म्याग्निच्युड ४.७ मापन गरिएको जनाएको छ । यो इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा आज नेपाली समय अनुसार बिहान १ः२१ बजेको आसपासमा धक्का महशुस भएको हो । यसअघि अगस्ट २३ मा इन्डोनेसियामा भूकम्पको धक्का महसुस गरिएको थियो । त्यसपछि देशको पश्चिमी प्रान्त बेङ्कुलुमा ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसै क्रममा बिहीबार बिहान पश्चिमी मेक्सिकोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । मेक्सिको सिटीमा भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ । यो साता मेक्सिकोमा दोस्रो भूकम्प हो । बिहीबार बिहान गएको भूकम्पका पराकम्पनका कारण धेरै घरमा क्षति पुगेको छ । यस विषयमा थप विवरण दिँदै मेक्सिको सिटी सरकारले राजधानीको दक्षिणमा एक व्यक्तिलाई भूकम्पपछि घातक हृदयघात भएको बताएको छ। साथै सरकारी अधिकारीहरूले भने, ‘देशभरि अन्यत्र गम्भीर क्षतिको तत्काल कुनै रिपोर्ट छैन।’ (एजेन्सीको सहयोगमा)
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इन्डोनेसियामा ४.७ म्याग्निच्युडको भूकम्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्