हत्या गरेको अभियोगमा तीन जना पक्राउ

.इलाम । हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
चुलाचुली गाउँपालिका–५ पुकुवामा झापा दमक नगरपालिका–३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ईलाम चुलाचुली गाउँपालिका–४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
झ्याम्ले समेतका ५÷७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उपचारको लागि लाईफलाईन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #हत्या गरेको अभियोगमा तीन जना पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्