Techie IT
बिहीबार, वैशाख २५,२०८२

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ


काठमाडौं । प्रहरीले महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङलाई चोरी गरेको मोटरसाइकल सहित सोमबार बिहान पक्राउ गरेको छ ।
काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२–०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट नम्बर राखी चलाई राखेको अवस्थामा फेला पारी गोकर्णेश्वर नगरपालिका–६ नयाँवस्तीबाट पक्राउ गरेको हो ।
उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #चोरीको मोटरसाइकल सहित पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:17 am6:42 pm +0545