व्यावसायीलाई क्षतिपूर्ति देऊ : महेश बस्नेत
काठमाण्डौँं । नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाण्डौं महानगर पालिकाले मापदण्ड मिचेको जमिन खाली गराउने नाममा उचित समय र क्षतिपूर्ति नदिई चाडपर्वको मुखमा लाखौं व्यावसायीको बिचल्ली बनाएको आरोप लगाएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले दशैंको मुखमा महानगरपालिकाले लाखौं व्यावसायीहरुलाई रुवाबासी र बिचल्ली पार्ने काम गरेकाले उनीहरुलाई उचिता क्षतिपूर्ति दिन र यस्तो कार्यरोक्न माग गरेका छन् ।
“महानगरले मापदण्ड मिचेको जमिन खाली गर्ने सन्दर्भमा समय उचित विकल्प र क्षतिपूर्ति नदिकन दशैंको मुखमा लाखौं व्यवसायीहरुलाई रुवाबासि विचल्ली गर्ने काम भईरहेको छ । त्यसको लागि समय क्षतिपूर्ति र विकल्प दिनुपर्छ भन्ने मेरो माग छ ।”
उनले बैठकमा केही बौद्धिक अराजकताबादी शक्तिहरु, केही अभियान्ता केही स्वतन्त्रकर्मीहरु र सञ्चारकर्मीहरु मिलेर सोसल मिडियाको दुरुपयोग गर्दै पार्टी व्यवस्थालाई विथोल्ने र नेता कार्यकर्तालाई बदनाम गर्ने गरेकोे उल्लेख गर्दै यस्तो कार्य रोक्न सरकारसँग माग राखेका छन् । उनले त्यस्ता तत्वहरु अन्तराष्ट्रिय मिसनबाट परिचालित भएको समेत दाबी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाण्डौं महानगर, #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्