लागूऔषध सहित आठ जना पक्राउ

दाङ, मकवानपुर बाराबाट लागूऔषध सहित आठ जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ स्थित बिगबेली फ्यामिली रेष्टुरेन्ट एण्ड लजबाट १ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहितसोही ठाउँ बस्ने २४ वर्षीय अमृत चौधरी लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त लजमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले लजको कोठामा बसेका उनीहरूलाई उक्तपदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० आनन्द टोल डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय समिर सिद्धिकी र उनकै श्रीमती रिजु कुमारी दासलाई ८ ग्राम २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका–७ टेडा पुल नजिकै भित्री सडकबाटकरिब ११ केजी अवैध लागूऔषध गाँजा सहित पर्सा वीरगंज महानगरपालिका–३२ बस्ने २७वर्षीय फरीयाद अन्सारी लगायत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जितपुरबाट हरपुरतर्फ जाँदै गरेको ना.२ ह २६२८ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी अटो चालक अन्सारी लगायत उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध सहित आठ जना पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्