Techie IT
बिहीबार, वैशाख २५,२०८२

हत्याको आरोपमा एकजना पक्राउ


 

काठमाडौ । श्रीमतीको हत्याको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा भिमेश्वरनगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामा रहेको छन् ।
४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको अभियोगमा लामालाई प्रहरीले पक्राउ गरेका हो ।

गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा दिउँसो रुपाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो
लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा
बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #हत्याको आरोपमा एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545