बागमती प्रदेश अन्तर्गतको ३ जिल्लाको विभिन्न स्थानमा ३ शव फेला

काठमाडौं । बागमती प्रदेश अन्तर्गतको ३ जिल्लाको विभिन्न स्थानमा ३ शव फेला परेको छ ।
सोमबार दोलखाको कालिन्चोक-१, सिन्धुलीको फिक्कल-३ र मकवानपुरको कैलाश-२ मा गरी तीन शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दोलखाको कालिन्चोक १ का ५७ वर्षीय छत्र बहादुर मगर आफ्नै घरनजिकै झर्निखोलाको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् भने फिक्कल-३ पर्किनि बेसीको सुनकोशी नदिको किनारमा फेला परेको शवको नामथर नखुलेको र लिङ्ग समेत पहिचान गर्न नसकिने गरी सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी, मकवानपुरको कैलाश-२ बैकुण्ठमा स्थानीय ४६ वर्षीय राम कुमार बल आफ्नो घरदेखि २ किलोमिटर पूर्व तर्फ रहेको घट्टेखोलाको बगरमा मृत फेला परेका छन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #बागमती प्रदेश अन्तर्गतको ३ जिल्लाको विभिन्न स्थानमा ३ शव फेला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्