Techie IT
बिहीबार, वैशाख २५,२०८२

मोरङ मकवानपुर र नवलपरासीमा ३ जना मृत फेला


काठमाडौं । मोरङ मकवानपुर र नवलपरासीमा ३ जना मृत फेला परेका छन् ।
मोरङ विराटनगर महानगरपालिका–१९ सिङ्घिया खोलामा सोही महानगरपालिका–१ बस्ने ७५ वर्षीया दुर्गा देवी पाण्डे आइतबार मृत अवस्थामा फेला परेकी छन् भने मकवानपुर, मनहरी गाउँपालिका–९ जयसिङस्थित सडकमा हाल नाम, थर, वतननखुलेका करिब ४० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका–४ बैरिहवा बसपार्क नजिकै सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

 

 

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #मोरङ मकवानपुर र नवलपरासीमा ३ जना मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545