Techie IT
बिहीबार, वैशाख २५,२०८२

लागूऔषध सहित पाँच जना पक्राउ


 

काठमाडौं । सुर्खेत, सिरहा, कैलालीबाट पाँच जना पक्राउ परेका छन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगर पक्राउ परेका छन् भने सिरहा, सखुवानान्करकट्टी गाउँपालिका–५ महेशवारी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २८ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ३८ ट्याब्लेट र ९ एमएम पेस्तोलको गोली १ थान सहित प्रहरीले लक्ष्मीपुरपतारी गाउँपालिका–५ घर भई लहान नगरपालिका–५ बस्ने २५ वर्षीय अब्दुल मरासिकी र उदयपुर त्रियुगा नगरपालिका–४ घर भएका ४१ वर्षीय ध्रुब बुढाथोकी पक्राउ गरेको छन् ।

त्यस्तैगरी कैलाली, धनगढी उपमहानगरपालिका–२ रुवस होटल नजिकबाट अवैध लागूऔषधब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरीपोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध सहित पाँच जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545