पुजारीको हत्यामा संलग्न आरोपी २ वर्षपछि पक्राउ

काठमाडौं । रौतहटमा पुजारीको हत्यामा संलग्न भएको आरोप लागेका एक अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।
माधव नारायण–२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको हत्यामा संलग्न भई फरार रहेका अभियुक्त देवाही गोनाही नगरपालिका–१ करुणिया घर भएका शेख बिकाउलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
२०७७ भदौ ३ गते पुजारी साहको हत्यामा संलग्न भई उनी फरार रहेका थिए। आपसी विवादमा उनले पुजारी साहलाई कन्चटमा गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हत्यापछि लुकिछिपी बस्दै आएका आरोपीलाई आफ्नो घर आएको मौकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पुजारीको हत्यामा संलग्न आरोपी २ वर्षपछि पक्राउ, #हत्यामा संलग्न आरोपी २ वर्षपछि पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्