कांग्रेससँग ६० सिट मागेर प्रधानमन्त्री बन्ने सपना देख्दै प्रचण्ड, कांग्रेसले मौका दिन्छ ?
भदौ । यतिबेला सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको रस्साकस्सी चलेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ६० सिट मागिरहेका छन् ।
कूल १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी प्रतिनिधि सभामा २७५ सांसद हुन्छन्, जसमा बहुमतका लागि १३८ सांसदको समर्थन चाहिन्छ । ६० सिटमा चुनाव लडेको माओवादीले बहुमत ल्याउने कुनै सम्भावना छैन, तैपनि प्रचण्ड प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् ।
बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको २ दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरे । प्रचण्डले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने बताएका छन् ।
‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं, अब देश विकासको निम्ति वातावरण तयार भएको छ । अहिले नेपालमा जुन परिवर्तन आएको छ । राजनीतिक नेतृत्वको हैसियतले मैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरुकोसामु पनि राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत गर्यौं,’ उनले भने ।
प्रचण्डले प्रधानमन्त्री बन्ने सपना देखिराख्दा कांग्रेस एक्लै बहुमत ल्याउने गरी अधिकांश सिट आफूसँगै राख्ने दाउमा छ । कांग्रेसका नेता डा. शेखर कोइरालाले १०० सिट कांग्रेससँग नराखे विद्रोह हुने चेतावनी दिइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्