सांसद प्रकाश श्रेष्ठद्धारा नागार्जुन ठूलागाँउ माध्यमिक विद्यालयलाई ९ थान ल्यापटप हस्तान्तरण
काठमाडौं । प्रदेश पूर्वाधार साझेदार कार्यक्रम अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ७ (ख) का माननीय सांसद प्रकाश श्रेष्ठले नागार्जुन ठूलागाँउ माध्यमिक विद्यालयलाई ९ थान कम्प्युटर हस्तान्तरण गर्नुभएको छ ।
गत बुधबार विद्यालयमा आयोजित कार्यक्रममा १२ जना शिक्षक शिक्षिका लाई ल्यापटप वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चलाल तामाङ्गको को सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष परशुरम अर्याल वडा सदस्य शुत्र बहादुर तामाङ्ग एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य रामेश्वर देवकोटा, चोलनाथ फुयाँल, शिवराम रेग्मी, केशव राज न्यौपाने, लक्ष्मी बलामी, दिर्घमाया राउत र शिक्षक अभिभावक संघका अध्यक्ष, शर्माला नेपाल, शिक्षक अभिभावक संघको सदस्य निर्माला थिङ, जयराम बलामी, मन्जु फुयाँल तथा अभिभावकहरुमो पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा सांसद श्रेष्ठलगायत वडा अध्यक्ष परशुरम अर्याल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चलाल तामाङ्ग, प्रधानाध्यापक अजुर्न फुयाँल, सहायक प्रधानाध्यापक शिव प्रसाद फुयाँल, र शिक्षक अभिभावक संघका अध्यक्ष, शर्माला नेपालले आ—आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीलाई तारकेश्वर नगरपालिकाले उपलब्ध गराएको छात्राबृद्धि वितरण तथा विद्यालय पोशाक पनि वितरण गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन भने सहायक प्रधानाध्यापक शिव प्रसाद फुयाँलले गर्नुभएको थियो ।

क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #नागार्जुन ठूलागाँउ माध्यमिक विद्यालयलाई ९ थान कम्प्युटर हस्तान्तरण, #प्रकाश श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्