गगन थापालाई जिताउन मतदाता सूचीबाट नाम हटाएको भन्दै बुढानिलकण्ठका मतदाता उत्रिए आन्दोलनमा (भिडियो)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रका सात सय मतदाताको नाम राजनीतिक आस्थाका आधारमा हटाउनका लागि निर्वाचन कार्यालयले वडा कार्यालयलाई पत्र पठाएको भन्दै बुढानिलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित भएका छन् ।
नेपाली कांग्रेस बुढानिलकण्ड नगर समितिले एमाले कार्यकर्ता र समर्थक मतदाताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको किर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइ सराई र मतदाता परिचयपत्र लगायतका कागजात बोकेर आन्दोलनमा उत्रिएका हुन् ।
अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय पुगेका मतदाताले आफूहरुको नाम गगन थापालाई चुनाव जिताउने उदेश्यले मतदाता नामावलीबाट हटाउन खोजिएको भन्दै कार्यालयको बोर्ड समेत तोडफोड गरेका छन् । उनीहरुले निर्वाचन आयोग राजनीतिक पुर्वाग्रह र घुसखोरीमा परेर ७ सय मतदातालाई सूचीबाट हटाउन खोजिएको दावी गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्