Techie IT
शुक्रबार, वैशाख २६,२०८२

९ लाख ५२ हजार नगद चोरी गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं । काठमाडौंको ठमेलस्थित गल्कोपाखामा एकजना व्यापारीको साढे ९ लाख चोरी भएको छ ।

होटल व्यवसाय गर्ने ति व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार नगद चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आरोपीले व्यापारीलाई पछ्याए घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरी नगद चोरेर भागेको बताइएको छ ।

प्रहरीले नुवाकोटको ककनी घर भएर काठमाडौंको डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । भदौ १३ गते राति ३ बजे पैसा चोरेर भागेको एक घण्टापछि प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

प्रहरीका अनुसार तामाङ पेसेवर चोरीमा संलग्न व्यक्ति हुन् । घरधनीले थाहा पाएर हल्ला गरेपछि उनी ३ तला माथिबाट हामफालेर भागेका थिए । उनीविरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #९ लाख ५२ हजार नगद चोरी गरेको आरोपमा एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:16 am6:43 pm +0545