Techie IT
शुक्रबार, वैशाख २६,२०८२

आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ


रुपन्देही । आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन रहेका छन् । उनलाई आफ्नै ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
आपसी झगडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:16 am6:43 pm +0545