काँग्रेसले सय सिट पाउने गरी गठबन्धनमा सहमति हुनुपर्छ : डा.कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचन काँग्रेसले एक सय सिट पाउने गरी गठबन्धनमा सहमति हुनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले भोलिका दिनमा सरकार चलाउन सहज हुने गरि सिट बाँडफाँड हुनुपर्ने बताउनुभयो ।
पार्टीभित्र सबैलाई मिलाएर लैजान पनि काँग्रेसले एक सय सिट पाउनेगरी सहमति कायम हुनुपर्ने उहाँको भनाई थियो ।
उहाँले काँग्रेसको जरा भनेको पार्टीका कार्यकर्ता हुन, कार्यकर्ता जति संंगठित हुन्छन् पार्टी त्यति नै बलियो हुने भएकाले पार्टी नेतृत्वले कार्यकर्ताको भावना बुझेर निर्णय लिनुपर्ने बताउनुभयो ।
नेता कोइरालाले सरकारले जनताको चाहना अनुसार मुलुकमा सुशासन कायम हुने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.डिला सङ्ग्रौलाले कुनै दुबिधा नराखी आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका अर्का केन्द्रिय सदस्य रुकमणी कोइरालाले स्थानीय तह निर्वाचनको परिणामलाई हेरेर मात्र आगामी निर्वाचनका बारेमा मुल्याकङ्न गर्न नसकिने बताउनुभयो ।
प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पार्टी एक ढिकका भएर लाग्ने हो भने आगामी निर्वाचनमा काँग्रेसलाई कसैले हराउन नसक्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेस मोरङका उपसभापति नागेश कोइरालाले पार्टी सङ्गठन निर्माणमा जोड दिनुभयो ।
नेपाली कांग्रेस क्षेत्र न ६ को आयोजनामा भएको सो कार्यक्रममा क्षेत्रीय सभापति देवराज तामाङ, काँग्रेस क्षेत्र न ख का सभापति मधुबाबु तिवारी, प्रदेश न १ नेपाली कांग्रेसका सह महामन्त्री प्रमीला गच्छदार तथा कांग्रेस विराटनगर महानगर सभापति दिपक चापागाईँले आगामी निर्वाचनमा कांग्रेस एक जुट भएर जानुपर्नेमा जोड दिनुभयो ।
एक दिने सो कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री जीवन परियार तथा कांग्रेस नेता देवराज चालिसेले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको क्षेत्रीय सभापति तामाङले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. शेखर कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्