मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

काठमाडौँ । बुटवलको एक चर्चका पास्टरलाई प्रहरीले पक्राउ गरेको छ । भाइरल हुन मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको’ भन्दै भिडिओ बनाएर सामाजिक सन्जालमा हालेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार सोमबार बिहान बुटवल उपमहानगरपालिका ११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरिएको हो । आइतबार सामाजिक सञ्जालमा एक जना मृतकलाई जीवित बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो।
उनले सो भिडिओ भने अहिलेको नभएको बताएका छन्। ‘पुरानो हो भनेका छन्। यो यहाँको पनि होइन लमजुङ हो कि लुम्बिनीको हो भनेर भनेका छन्,’ प्रहरी नायब उपरीक्षक केसीले भने। उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरेर मुद्धा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #भ्रम फैलाउने पास्टर पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्