श्रीमानको हत्या गरेको आरोपमा पत्नी पक्राउ

बागलुङ । बागलुङमा श्रीमान्को हत्या गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् । निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय पति गुनबहादुर विकको हत्या गरेको प्रहरीले जनाएको छ ।
गत साउन २५ गते राति उनले पतिको टाउको छिनाएर निसीखोलामा बगाएको घटना सार्वजनिक भएको हो । साउन २५ गते हत्या गरेर फाले पनि भदौ १ गते टाउको बिनाको शव खोलामा भेटिएको थियो ।
शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा पत्नी कुमारी र उनकी बहिनी १८ वर्षीया मनिषालाई पक्राउ गरेको थियो । घटनाको १० दिनपछि मात्रै प्रहरीले कुमारीलाई पक्राउ गरेको हो ।
कुमारीले प्रहरीसँग पतिको हत्या गरेको स्वीकार गरेकी छिन् । प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली भन्छन्, ‘श्रीमान् रोजगारीका लागि मलेसिया जानका लागि भिसा लागेर बसेका थिए । भिसा लागेपछि केही दिनदेखि रक्सी पिउने, घुम्ने र मेला भर्न जाने योजना बुन्दै गरेको र सोही अनुसार साथीहरुलाई फोन गर्ने क्रममा अन्य महिलाको नाम लिएको सुनेर रिसाएकी पत्नी कुमारीले सुतेकै स्थानमा घनले हानेर बेहोस पारेकी थिइन् । त्यसपछि चिर्पट दाउराले हानेर हत्या गरेपछि खुकुरीले घाँटी रेटेर छिनालेको बयानमा बताएकी छिन् ।’
‘खोलाको किनारदेखि युवाले रक्सी पिएको स्थानसम्म अनुसन्धान गर्दा पनि पत्ता लगाउन सकिएको थिएन,’ ज्ञवालीले भने, ‘पत्नीको बयानपछि मात्रै सुतेकै स्थनमा हत्या गरेको पत्ता लाग्यो ।’ हत्यापछि बहिनीसँगै मिलेर घर सफाइ गरेको, रगत लागेको सबै स्थानमा लिपपोत गरेको देखिएको उनले बताए ।
घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी र घनसमेत बरामद गरेको जनाएको छ । आइतबार प्रहरीले अभियुक्तलाई सार्वजनिक समेत गरेको छ । विवाह भएको ६ वर्षमा गुनबहादुरले धेरै महिलासँग फोन र म्याजेज गर्ने र पत्नीलाई चिढ्याउने गरी भ्वाइस म्यासेज पठाएको भेटिएको प्रहरीको अनुमान छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #श्रीमानको हत्या गरेको आरोपमा पत्नी पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्