काठमाडौँमा थुप्रिँदै गएको फोहरप्रति संसादहरुले गराए सरकारको ध्यानाकर्षण
काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएको प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
‘काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएको छ । फोहरका कारण नेपालका मुख्य सहर कुरूप बन्दै गएको छ । ’
उनले सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहरका कारण नेपालका मुख्य सहर कुरूप बन्दै गएको बताएकी छन्
यस्तै सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घ सबै जुट्नुपर्नेमा जोड दिएकी छन् ।
‘फोहर व्यवस्थापन वर्गीकरण हुनुपर्छ । व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घको जिम्मेवमरी हो । यसको राजनीतिकरण नहोस् । ’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँमा थुप्रिँदै गएको फोहरप्रति संसादहरुले गराए सरकारको ध्यानाकर्षण, #प्रतिनिधिसभाको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्