Techie IT
शुक्रबार, वैशाख २६,२०८२

दाङबाट दुई थान बन्दुक बरामद


दाङ । गढवा गाउँपालिका–१ मलमलास्थित डिल बहादुर कुमालको घरबाट १ थान भरुवा बन्दुक र नजिकैको गोठबाट बाह्र बोरको १ नाल बन्दुक प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त घरमा गङ्गेश्वर कुमालले लुकाई राखेको उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
हाल फरार उनीहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #दाङबाट दुई थान बन्दुक बरामद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545