अफगानिस्तानमा अविरल वर्षापछि आएको बाढीका कारण ३१ जनाको मृत्यु
काठमाडौं । उत्तरी अफगानिस्तानको परवान प्रान्तमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । बाढीबाट अरु १७ जना घाइते भएका छन् ।
अफगानिस्तानमा शासन चलाइरहेको तालिबान नियन्त्रित बख्तर समाचार समितिले बाढीका कारण अरु दर्जानौँ बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।
हिन्दुकुश पर्वत शृङ्खलामा अवस्थित देशको पहाडी प्रान्त परवानमा मुसलधारे वर्षापछिको बाढीले धेरै आवासीय भवन र सयौँ एकड खेतीयोग्य जमिनमा क्षति भएको छ ।
बाढीका कारण परवान–बम्यान राजमार्ग अवरुद्ध भएको छ । पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जशिर प्रान्तलगायत अन्य धेरै प्रान्तमा पनि त्यसको असर परेको छ ।
विगत केही दिनदेखिको अविरल वर्षा र आँधीले देशका पूर्वी र मध्य क्षेत्रका तीन प्रदेशका अनेक गाउँबस्ती पनि प्रभावित भएका छन् ।
बाढीले सयौं आवासीय संरचना, हजारौँ एकड खेतबारी र दर्जनौं बगैँचामा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् ।
करिब दुई साताअघि मुलुकको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा आएको बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने धेरैजना घाइते भएका थिए ।
पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानकको बाढीले ठूलो धनजनको क्षति भएको तथा करिब दुई हजार नौ सय घरमा क्षति भएको छ ।
सडक र पुलहरू जस्ता महत्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन् । मनसुनी वर्षा र बाढीका कारण अफगानिस्तानमा चार सय जनाको मृत्यु भइसकेको बताइएको छ ।
यसैबीच, अफगानिस्तानको मौसम विज्ञान विभागले भोलि देशभरका २२ प्रान्तमा भारी वर्षा र बाढीको सम्भावना रहेको जनाउँदै सबैलाई सतर्क रहन चेतावनी दिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अफगानिस्तान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्