Techie IT
शुक्रबार, वैशाख २६,२०८२

बाँकेबाट दश लाख रुपैयाँ बराबरको यार्सागुम्बा बरामद


बाँके । बाँकेको जानकी गाँउपालिका–१ पञ्चपोखरा इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको ४५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बीओपी जयसपुरले बरामद गरेको हो । सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडी भागेका थिए ।

बरामद यार्सागुम्बा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेमा बुझाइएको बताइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बाँकेबाट दश लाख रुपैयाँ बराबरको यार्सागुम्बा बरामद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545