Techie IT
शुक्रबार, वैशाख २६,२०८२

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


भक्तपुर । लागूऔषध मुद्दाका फरार प्रतिबादी काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ स्थायी भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरबाट २०७९ बैशाख ४ गतेको फैसलाले उक्त मुद्दामा ११ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545