युवालाई लागूपदार्थ दुव्र्यसनीबाट मुक्त गराउन खेलकूदमा सहभागि गराउनुपर्छ :गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरुलाई लागू पदार्थ दुव्र्यसनीबाट मुक्त गराउनका लागि खेलकूदमा सहभागि गराउनुपर्ने बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकूद संघको वाग्मती प्रदेश काठमाडौं क्षेत्र नं. ४ को प्रशिक्षण तथा इकाई गठन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले खेलकूदले अनुशासन र व्यक्तित्व विकास मात्र नभै दुव्र्यसनी हुनबाट पनि जोगाउने बताएका हुन् । युवालाई लगत बाटोमा जानबाट रोक्नका लागि पनि संघअन्तरगतका इकाइहरुले खेलकूद कार्यक्रम आयोजनालाई प्रभावकारी बनाउन थापाले सुझाब दिएका छन् । संघका गतिविधिले नेपाली कांग्रेसलाई मात्र फाइदा हुने नभै समाजलाई पनि फाइदा पुग्ने भएकाले जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । उनले आफू पनि सानैदेखि फुटबल खेल्ने भएकाले साही बाटो समात्न सफल भएको बताए ।
नेपालको पछिल्लो समयको एकदम बाहिर नदेखेको कम छलफल भएको तर असाध्यै ठूलो समस्याको विषय बनेर आएको भनेको लागूपदार्थको दुव्र्यसनीको विषय । यति धेरै परिवार प्रताडित छ । यो विषय हाम्रो छलफलको विषय नै बनेको छैन । मैले मेरो जीवनमा गरेको अनुभवको आधारमा जुनसुकै खेल होस्, चाहे त्यो मार्सल आट्स होस, चाहे त्यो एथलेटिक्स होस्, चाहे त्यो फुटबल, बासकेटबल जुनसुकै होस्, कुनै पनि स्पोट्समा मरेर लागेको मान्छे छ भने ड्रग्समा लाग्ने चान्स एकदमै कम हुन्छ । त्यसकारण नेपाल लोकतान्त्रिक खेलकूद संघले खेलकूदमा २०–२५ जना मान्छेलाई इनकरेज गर्यो भने पनि त्यो ठूलो सेवा हो ।
संघलाई बलियो संस्थाका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिँदै थापाले पार्टीका तर्फबाट आफू सहयोग गर्न तयार रहेको बताए । तर संघलाई बलियो बनाउनका लागि पदाधिकारी पनि सक्रिय हुनुपर्ने थापाको भनाई छ । संघअन्तरगतका इकाइहरुले खेलकूद कार्यक्रम आयोजनालाई प्रभावकारी बनाउन पनि थापाले सुझाब दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्